निजीक्षेत्र अभिभावकविहीन भएको छ, सक्षम नयाँ नेतृत्व आउनु पर्छ: चण्डीराज ढकाल



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकालले निजी क्षेत्र अभिभावकविहीन जस्तो भएको बताएका छन् ।

नयाँ नेतृत्व चयनका लागि प्रज्ञाभवनमा जारी नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै ढकालले संकटको बेला निजी क्षेत्रले अभिभावकीय भूमिका खेल्न नसकेको आरोप लगाए । उनले अब आउने नेतृत्वले त्यसमा ध्यान दिनु पर्ने बताए ।

नयाँ नेतृत्वले राज्यसँग निजी क्षेत्रले गरेको नीतिगत सहमतिलाई कार्यान्वयमा ल्याउन सक्नु पर्ने उनले बताए ।

‘निजीक्षेत्र प्रतिवद्ध ढंगले प्रतिस्पर्धी हुन सक्ने बन्न जरुरी छ । नयाँ नेतृत्वले राज्यसँग लविङ गर्ने, नीतिगत सहमति भएको कुरालाई कार्यान्वयन गर्ने शक्ति निर्माण गर्ने, संवाद र सहकार्यको माध्यमबाट अघिबढ्नु पर्छ’ उनले भने ।

महासंघ नसुन्ने, नबोल्ने र नदेख्ने खालको हुन नहुने उनको भनाइ छ ।

‘महासंघ भनेको नसुन्ने, नबोल्ने र नदेख्ने खालको हुन हुँदैन’ उनले भने, ‘आवश्यकता अनुसार महासंघको हैसियत र गरिमालाई व्यवसायीको हकहीतका लागि काम गर्नसक्ने नेतृत्व चाँहिन्छ’ ढकालले भने ।


क्लिकमान्डु