सोल्टी सिटीमा अपार्टमेन्ट किन्दा हुन्डाइको कार ‘उपहार’



काठमाडौं । सोल्टी सिटी अपार्टमेन्टले ग्राहकहरुका लागि अफर ल्याएको छ । कम्पनीले अपार्टमेन्ट खरिद गर्दा हुन्डाई आइटेन निओस उपहार दिने अफर ल्याएको हो ।

९२० स्क्वारयरफिटको थ्रीबएचके (तीन बेडरुम, १ लिभिङ रुम र एक किचन) अपार्टमेन्ट खरिदमा ३० लाख मूल्य पर्ने गाडी दिएने कम्पनीले जनाएको छ । उक्त अपार्टमेन्टको मूल्य १ करोड ९३ लाख रुपैयाँ तोकिएको छ ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा तरलता अभाव देखिएसँगै अधिकांश क्षेत्रको व्यापारमा ठूला धक्का पुगेको छ । त्यसमा पनि घरजग्गा किनबेचमा उच्च प्रभाव परेको छ ।

तरलता अभावका कारण बैंक तथा वित्तीय संस्थाहरुले पर्याप्त मात्रामा कर्जा प्रवाह हुन सकेको छैन । जसले गर्दा अधिकांश क्षेत्रमा मन्दी छाएको छ ।

त्यस्तै, सोल्टी अपार्टमेन्टले आर्थिक मन्दीको समयमा ग्राहकहरुलाई आकर्षित गर्न अफर सार्वजनिक गरेको कम्पनीले जनाएको छ ।


क्लिकमान्डु