प्रभु बैंक र सीजी मोटर्सबीच सीजी इलेक्ट्रिक भेहिकलका लागि सहजरुपमा कर्जा दिने सम्झौता



काठमाडौं । प्रभु बैंक र सीजी मोटर्स प्रालिबीच विद्युतीय सवारीसाधनमा लगानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत मनिराम पोखरेल र सीजी मोटर्स प्रालिका तर्फबाट प्रमुख कार्यकारी अधिकृत हेमन्त अग्रवालले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

प्रभु बैंक र सीजी मोटर्स प्रालिबीच सम्पन्न उक्त सम्झौता अनुसार सीजी मोटर्स प्रालिबाट ग्राहकलाई सीजी मोटर्सले आयात गरेको नेटा भी मोडेल/ब्राण्डका इलेक्ट्रिक भेहिकल खरिद गर्दा छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी व्याजदरमा सवारी साधन कर्जा प्राप्त गर्न सक्ने व्यवस्था भएको छ ।

हाल बैंकको देशभर रहेको ३६५ शाखाबाट नै कर्जा सुबिधा उपलब्ध हुने बैंकले जनाएको छ । यस सम्झौताबाट पेट्रोलियम पदार्थ खपतमा आधारित सवारीसाधनलाई विद्युतीय सवारीसाधनले प्रतिस्थापन गरी वातावरणिय सन्तुलनको दृष्टिकोणमा सहयोगी हुने बैंकले विश्वास लिएको छ ।


क्लिकमान्डु