प्रभु बैंकको पीओएसमार्फत् अतिरिक्त बैंकिङ सेवा सञ्चालन



काठमाडौं । प्रभु बैंक लिमिटैडको पीओएसमार्फत् अतिरिक्त बैंकिङ सेवा सञ्चालनमा आएको छ ।

बैंकले विद्यूतीय भुक्तानी कार्ड सम्बन्धी सेवालाई थप सहज बनाउन एटीएम सञ्चालन नभएका शाखा कार्यालयहरुबाट समेत प्रभु बैंकको आफ्नै पोइन्ट अफ सेल(पीओएस्) मेसिनको माध्यमबाट ग्रिन पनि सेट गर्न, पिन परिवर्तन गर्न र विद्युतीय भुक्तानी कार्डको माध्यमबाट नगद झिक्न सकिने अतिरिक्त सेवा सञ्चालनमा ल्याएको छ ।

विद्यूतीय भुक्तानी कार्ड सम्बन्धी सेवा सहज बनाउन नेपाल इलेक्ट्रोनिक्स पेमेण्ट सिस्टम (नेप्स) सँगको सहकार्यमा पीओएसमार्फत् विद्यूतीय भुक्तानी कार्ड सम्बन्धी अतिरिक्त सेवाको सुरुवात गरेको छ ।

प्रभु बैंकले सञ्चालनमा ल्याएको पिओएस मार्फत् विद्यूतीय भुक्तानी कार्ड सम्बन्धी अतिरिक्त सेवा उपभोग गरी प्रभु बैंकका सम्पूर्ण ग्राहकहरुले अधिकतम् लाभ लिनसक्ने विश्वास लिएको बैंकले जनाएको छ ।


क्लिकमान्डु