एसएमएल इसुजुको कमर्शियल गाडीहरुको फ्रि सर्भिस क्याम्प सुरु



काठमाडौं । लक्ष्मी कमर्शियल भेहिकलस् मार्फत एसएमएल इसुजुको कमर्शियल गाडीहरुको फ्रि सर्भिस क्याम्प सुरु भएको छ।

हुण्डाईका प्यासेन्जर कारहरु, बिएमडब्लुका कारहरुको नेपालको एक मात्र आधिकारिक बिक्रेता लक्ष्मी ग्रुपले हिरो इलेक्ट्रिकका टु हिव्लर स्कुटरहरु र एसएमएल इसुजुका कमर्शियल गाडीहरुको आधिकारिक बितरक भै काम गरिरहेको छ ।

लक्ष्मी ग्रुप अन्र्तगतको लक्ष्मी कमर्शियल भेहिकलस् प्रालिले नेपालमा एसएमएल इसुजुका कमर्शियल गाडीहरुको आधिकारिक बितरकको रुपमा कार्य गर्दै आएको छ ।

लक्ष्मी कमर्शियल भेहिकलस प्रा.लि.ले आफ्ना ग्राहकहरुलाई गुर्जुधारामा रहेको आफ्नो सर्भिस सेन्टर र नेपालका बिभिन्न क्षेत्रमा रहेका आफना वर्कशप तथा अथोराइज्ड वर्कशपहरु मार्फत बिक्री पछिको मर्मत सम्भार तथा स्पेयर पार्टसको सुविधा दिदै आएको छ ।

यसै क्रममा आफ्ना ग्राहकहरुलाई थप सुविधा दिनको लागि एसएमएल इसुजुका गाडीहरुको लागि एक हप्ताको निःशुल्क सर्भिस क्याम्प काठमाण्डौको गुर्जुधारामा रहेको जिएफआई सर्भिस सेन्टरमा सञ्चालन गर्दैछ । यो सर्भिस क्याम्प यहि फाल्गुन २९ गते देखि चैत्र ४ गते सम्म जम्मा ६ दिन सम्म सञ्चालन हुने छ ।

सर्भिस क्याम्प कै अवधिमा कम्पनीले चालकहरुको लागि बिशेष किसिमको तालिमको पनि ब्यवस्था गरेको छ । गाडीहरुमा भएको परिवर्तन र सञ्चालन बिधि सम्बन्धी तालिम सञ्चालन गरिन कम्पनीले जनाएको छ ।

यो सर्भिस क्याम्पमा आफ्ना एसएमएल इसुजुका गाडीहरु लिएर आएर बिभिन्न छुट तथा तालिम प्राप्त इन्जिनियरहरुबाट चेकजाँच गराई सुविधा लिन आफना ग्राहकहरुलाई लक्ष्मी कमर्शियल भेहिकलस्ले अनुरोध गरको छ ।


क्लिकमान्डु