अमेरिकामा सिलिकन भ्यालीपछि सिग्नेचर बैंक पनि टाट पल्टियो



एजेन्सी । अमेरिकामा एक साताभित्र दोस्रो बैंक टाट पल्टिएको छ । न्युयोर्कस्थित सिग्नेचर बैंकलाई आइतबार नियामक निकायले बन्द गरिदिएको छ । गत शुक्रबार सिलिकन भ्याली बैंक टाट पल्टिएको थियो ।

सन् २००८ को आर्थिक मन्दीपछि अमेरिकामा दुई ठूला बैंक डुबेका हुन् ।

दुबै बैंकलाई फेडरल डिपोजिट इन्स्योरेन्स कर्पोरेसन (एफडीआईसी) ले नियन्त्रणमा लिँदै निक्षेपकर्तको रकम फिर्ता गर्ने प्रकृया सुरु गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

सन् २०२२ को अन्त्यमा सिग्नेचरसँग १ खर्ब १० अर्ब अमेरिकी डलरको सम्पत्ति हुँदा ८८ अर्ब ५९ करोड डलर निक्षेप थियो । आइतबार नै अमेरिकी सरकारले सबै निक्षेपकर्ताको रकम एफडीआईसीले फिर्ता गर्ने निर्णय गरिसकेको छ ।

सन् २०२१ को अन्तिममा सिलिकन भ्याली बैंकको निक्षेप १ खर्ब ८९ अर्ब डलर थियो । सिलिकनका निक्षेपकर्तालाई पनि एफडीआईसीले रकम फिर्ता गर्नेछ।

कोरोना महामारीका क्रममा भएको कमसल कर्जा लगानीले परिणाम नदिएपछि कयौं कम्पनीको कर्जा असुली नहुँदा बैंक डुबेका हुन् । यस्तै बैंक कमजोर बन्दै गएपछि संस्थागत निक्षेपकर्ताले एक्कासी रकम झिक्दा बैंक टाट पल्टने अवस्थामा पुगेको हो ।


क्लिकमान्डु