रुपे इन्टरनेसनल कार्ड अब एससीटीमा आबद्ध वित्तीय संस्थाका एटीएममा प्रयोग गर्न सकिने

119
Shares

डिस्कबर फाइनन्सियल सर्भिस, डाइनर्स क्लब इन्टरनेसनल तथा भारतको एनपीसीआईअन्तर्गत जारी गरिएका रुपे इन्टरनेसनल कार्ड एससीटीसँग आबद्ध फाइनान्स कम्पनी, सहकारी तथा बैंकका एटीएममा चलाउन मिल्ने भएको छ ।

यो सुविधासँगै नेसनल पेमेन्ट कर्पोरेसन अफ इन्डियाद्वारा जारी गरिएका १ करोडभन्दा बढी रुपे  इन्टरनेसनल कार्ड एससीटी नेटवर्कअन्तर्गतका एटीएममा प्रयोग गर्न सकिने भएको हो । यसका साथै डाइनर्स र डिस्कबरका डेबिट तथा क्रेडिट कार्ड बोक्ने पर्यटकलाई पनि एटीएममार्फत कारोबार गर्न सहज र सरल हुने आशा गरिएको छ ।

यो सुविधा छिट्टै एनएमबी बैंक र अन्य बैंक तथा वित्तीय संस्थाले सञ्चालन गरेका एटीएममा पनि विस्तार गर्ने योजना राखिएको छ । हाल भारतमा लोकप्रिय बन्दै गएको रुपे कार्ड भारतमा कार्यरत नेपाली र नेपाल भ्रमण गर्ने भारतीय नागरिकलाई नेपालमा चलाउन समस्या थियो । अब रुपे कार्ड प्रयोगकर्तालाई निकै सहज हुनेछ ।