नेपाल एयरलाइन्सको टिकट भुक्तानी अब आईएमई पेबाटै



आइएमई पे र नेपाल एयरलाइन्सबीच आइएमई पे विद्युतीय भुक्तानी सेवा प्रधानकर्ताको रुपमा रहने सम्झौता भएको छ । सम्झौताअनुसार नेपाल एयरलाइन्सको वेबसाइटबाट टिकट बुक गर्दा आइएमई पेमार्फत भुक्तानी गर्न सकिनेछ ।

नेपाल एयरलाइन्सको वेबसाइटबाट आवश्यकताअनुरुपको गन्तव्य र मिति छानेर मागिएको विवरण भरी चेकआउट गर्ने क्रममा आइएमई पे छनौट गरी सजिलै भुक्तानी गर्न सकिने भएको हो । ग्राहकलाई भुक्तानी प्रक्रिया सहज बनाउनका लागि सम्झौता गरिएको आईएमई पेले जनाएको छ ।

‘आइएमई पे’ आईएमई ग्रुपअन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो ।


क्लिकमान्डु