क्यान इन्फोटेकमा आईएमई पेको स्टलमा ५ हजार बढीले गरे अवलोकन



काठमाडौं । शंखमुल बस्ने सुनिता भण्डारी आइतबार भृकुटीमण्डपमा भइरहेको ‘क्यान इन्फोटेक’ प्रदर्शनीको अवलोकन गर्न पुगेकी थिइन् । प्रदर्शनीमा रहेको ‘आइएमई पे’को स्टलमा भेटिएकी उनले आफूले आईएमईको भिसा कार्ड लिन लागेको बताइन् ।

उनी भन्छिन्, ‘डिजिटल वालेटमा हुने पैसा अब नगदकै रुपमा निकाल्न पाइने भइयो ।’

२४ माघदेखि भइरहेको क्यान इन्फोटेकमा ‘आईएमई पे’को स्टलमा आएका ५ हजारभन्दा धेरै अवलोकनकर्ताहरुमध्ये एक हुन् सुनिता पनि । पहिल्यैबाट आईएमई पेको डिजिटल वालेट (एप) प्रयोग गरिरहेकी उनी आफूले भिसा कार्ड पनि लिन लागेको बताइन् ।

‘हाम्रोमा डिजिटल वालेट भनेपछि पैसा वालेटमा मात्रै हुन्छ,’ उनी भन्छिन्,‘आईएमईको डिजिटल वालेटबाट अब भिसा कार्डमार्फत पैसा नै क्यास निकाल्न पाइने रहेछ । मलाई चाहीँ यो कुरा मन पर्यो ।’

प्रदर्शनीमा रहेको आईएमई स्थलमा अहिले आईएमई पेकै भिसा कार्ड विशेष आकर्षण बनेको छ । २४ माघ यतामात्रै १५ सय सेवाग्राहीहरुले भिसा कार्ड लिएको बताउँछन् आईएमईका अपरेसन हेड बन्देश अधिकारी । उनी भन्छन्, ‘क्यान इन्फोटेकमा अहिलेसम्म १५ सय जनाले भिसा कार्ड लिनु भएको छ । ५ हजारभन्दा धेरै भिजिटर्सहरु हाम्रोमा अवलोकन गर्न आउनु भएको छ ।’

पछिल्लो समय आईएमई पेले ल्याएको भिसा कार्ड ग्राहकबर्गमा निकै रुचाईएको अधिकारी बताउँछन् । अधिकारीकाअनुसार यो भिसा कार्डले नेपालका जुनसुकै कमर्सियल बैंकको एटीएम मसिन वा भारतमा पनि पैसा निकाल्न पाइन्छ ।

उनी भन्छन्, ‘नेपालमा दुई पटक निशूल्क कारोबार गर्न मिल्छ । भारतमा पनि यो भिसा कार्डबाट पैसा निकाल्न मिल्छ ।’

क्यान इन्फोटेकमा अवलोकनका लागि आइरहेका सेवाग्राहीहरुले आईएमई पेको स्टलमा मुख्य गरि भिसा कार्डबारे बुझ्ने, एपको बारेमा जानकारी लिने तथा पुरानो एपलाई पुनः सुचारु गर्ने जस्ता सेवा लिन आइरहेका छन् ।

आईएमई पेमार्फत् अहिले विभिन्न युटिलिटी पेमेन्ट, सेवाहरुको शूल्क, सरकारलाई बुझाउनुपर्ने रकमलगायत पनि सेवाहरु पनि उपलब्ध छन् । अलवोलकनका लागि आएका सेवाग्राहीहरुले पनि आईएमई पेमा भएका यस्ता सुविधाहरुबारे थाहा पाएर ९० प्रतिशतसम्म सकरात्मक प्रतिक्रिया दिइरहेका छन् । क्यान इन्फोटेकमै केन्द्रित रहेर पनि आईएमई पेले क्यासब्याकको व्यवस्था पनि गरेको छ । अरु बेला रहेकै क्यासब्याक बाहेक पनि अहिले आईएमई पेमा थप क्यासब्याकको व्यवस्था हुँदा सकरात्मक प्रतिक्रिया प्राप्त गरिरहेको अधिकारीले बताए ।

नगदमै केन्द्रित भएर अहिले एयरलाइन्स टिकट र पहिलो पटक क्वु आर प्रयोग गर्दा पनि क्यासब्याकको व्यवस्था गरिएको छ ।

क्यान इन्फोटेकमा रहेको आईएमईको स्टलबाट १५ सय भिसा कार्डबाहेक एपको डाउनलोडमा पनि बृद्धि आएको छ ।अधिकारीकाअनुसार अरु बेला ३ हजार हाराहारीमा हुने डाउनलोड बढेर अहिले ६ हजारसम्म पुगेको छ ।

प्रदर्शनीमा आईएमईको स्टलमा अहिले तीन तहमा सेवाग्राहीका लागि सहजता निर्माण गर्न डेस्क राखिएका छन् । जसमध्ये पहिलोमा हेल्प डेस्क छ । दोस्रोमा केवाईसी भर्नका लागि डेस्क र तेस्रोमा भिसा कार्डका लागि डेस्क राखिएको छ । तीन तहबाट सेवाग्राहीका लागि काम भइरहेको अधिकारीले बताए ।

हाल भिसा कार्डमा मात्रै ६५ हजार एक्टिभ प्रयोगकर्ता भएको अधिकारी बताउँछन् ।

क्यानमा आईएमईको प्रदर्शनी अवलोकन गर्न आएका प्रयोगकर्ता तथा सेवाग्राहीहरुका लागि कम्पनीले लक्कि ड्रको पनि व्यवस्था गरेको छ । अधिकारीकाअनुसार क्यानबाट भिसा कार्ड लिने वा पुराना प्रयोगकर्ताहरुका लागि पनि गरेर अहिले एक जनालाई स्यामसुङ मोबाइल वा डिसहोमको एक वर्षको लागि फाइबर नेटको जडानको व्यवस्था गरेको छ ।

‘हाम्रोमा अहिले आउनेहरुले सकरात्मक प्रतिक्रिया दिनु भएको छ,’ अधिकारी भन्छन्, ‘केवाईसी अपडेट गर्नेदेखि पुराना प्रयोगकर्ताहरुको इनएक्टिभ भएको एकाउन्टलाई एक्टिभ बनाउनेसँगै भिसा कार्डको लागि पनि हामीले यहाँबाट काम गरिरहेका छौं । समग्रमा सेवाग्राहीले सकरात्मक प्रतिक्रिया दिनु भएको छ ।’


क्लिकमान्डु