२० करोड लगानीमा विराटनगरमा तीन तारे बुटिक होटल



विराटनगर । प्रतिस्पर्धी बजार र होटलहरूको माझमा विराटनगरमा सी अ सेक तीनतारे बुटिक होटल सञ्चालनमा आएको छ । औपचारिक उद्घाटन नभए पनि होटल दुई महिनादेखि सञ्चालनमा छ ।

विराटनगर–३ स्थित कोसी राजमार्ग (धरान–विराटनगर) मूल सडकसँग जोडिएको होटल विराटनगर बिमानस्थलबाट डेढ किलोमिटर दूरीनमा पर्छ ।

सी अ सेकका सञ्चालक दिवसजङ गिरी हुन् । सी अ सेक होटल जेएलडीएस अर्गनाइजेशन अन्तर्गत रहेको छ । यसको मूल कार्यालय सुनसरीको इटहरी १७ मा रहेको छ ।

सिसाको छत र लिफ्ट
होटल भूँइतलाबाहेक तीन तलाको छ । सिसैसिसाले बनेको विद्युतीय लिफ्टबाट बाहिरको दृष्य देख्न सकिने गरि होटलको डिजाइन गरिएको छ । त्यस्तै होटलको छत पनि सिसाकै बनाइएको छ । जहाँ उभिएर वा हिंडेर विराटनगर आसपासको दृष्यावलोकन गर्न सकिन्छ ।

होटलका एग्जुकेटिभ सेफ भन्छन्, ‘होटलमा पारिवारिक वातावरण अनुभव गर्न सकिन्छ । यहाँ सेल्फी खिच्न र बर्थडे मनाउन आउने ग्राहकको भीड हुन्छ । बुकिङ नै प्याक हुन्छ । रेष्टुरेण्ट पनि भएकोले निकै सहज छ ।’

होटल बिहान ७ बजेदेखि राति ११ बजेसम्म खुला हुन्छ । भारतीय आर्किटेकबाट होटलको डिजाइन गरिएको हो । उनका अनुसार होटल २०७७ बनाउन सुरु गरिएको थियो । अझै पूरा भइसकेको छैन ।
होटल निर्माणका लागि २० करोड रुपैयाँ खर्च भइसकेको छ ।

‘१४ वटामात्र कोठा भएको यस होटलमा २० करोड रुपैयाँ लगानी भइसकेको छ’ अधिकारी भन्छन् ‘यो लगानी बैंकबाट ऋण लिएर गरिएको भने होइन’ । उनका अनुसार एउटा कोठाको न्यूनतम ५५ सय र बढीमा १८ हजार रुपैयाँसम्म मूल्य निर्धारण गरिएको छ ।

विशेष गरेर यस होटलमा एकै पटक ७५ जनासम्म बसेर खान मिल्ने ठाउँ रहेको होटलका फेम्ली मेनेजर भरतमणि निरौलाले बताए । कोठा बुक गर्ने ग्राहकलाई खाने, पिउन सबै त्यही प्याकेजभित्र उपलब्ध गराइने उनले बताए । हरेक कोठामा एसी, हिटर, टिभी मिनी फ्रीज राखिएको छ । किचन धुँवारहित प्रविधिको छ । फोहोर व्यवस्थापनमा नयाँ फिल्टर प्रविधि प्रयोग गरिएको छ ।

मेनेजर निरौलाकाअनुसार होटलमा भारतीय, चिनियाँ, फ्रान्स, इटली, स्पेनलगायत ११ देशको भेराइटी खान पाइन्छ । अहिले होटलमा २ भारतीयसहित ३० जनाले रोजगारी पाएका छन् । भेज र ननभेज अलगअलग व्यवस्था छ । एक कठ्ठा ४ धुरमा बनेको होटलमा पार्किङको राम्रो व्यवस्था रहेको छ ।

जाडो महिनामा छतमा बसेर घाम तापे पनि गर्मी महिनामा घामले पोल्ने समस्या समाधान गर्न विशेष किसिमको पर्दा लगाइने अधिकारीले बताए । त्यसका लागि रिमोटबाट नै आकाशमा पर्दा लाग्ने र खुल्ने व्यवस्था गरिएको उनले बताए ।

होटल अहिले नै नाफामा नगए पनि छतमा बसेर टिकटक र भिडियो बनाउन आउनेहरूको राम्रो क्रेज छ । निकै भीड पनि हुन्छ ।
‘यसै क्रममा केही समयअघि क्याटवाक र रेम्पवाक कार्यक्रम भइसकेका छन् । यो पहिलो पटक भएको कार्यक्रम हो । यस होटलमा युवायुवतीको पनि विशेष आकर्षण देखिएको छ,’ अधिकारी भन्छन् ।

अन्तर्राष्ट्रिय स्तरको वातावरण

होटललाई अन्तर्राष्ट्रियस्तरको बनाउन खोजिएको छ । होटलमा ५ वटा डिपार्टमेन्ट छन् । जसले गर्दा होटलको सञ्चालन र व्यवस्थापनको जिम्मा राम्रोसँग निर्वाह गर्न र ग्राहकलाई व्यावसायिक सेवा र सुविधा दिन सहज हुने निरौलाको भनाइ छ ।

काठमाडौंबाट सिधैं होटलमा आउने वातावरण बनाउन होटलले योजना अघि सारेको छ । त्यसका लागि पहिलो फेजमा होटलसँग जहाजबाट र्ओलने बित्तिकै वाइफाइ कनेक्ट होस् भन्ने सोच बनाइएको सेफ अधिकारीले सुनाए । त्यसका लागि होटलबाट विराटनगर बिमानस्थलसम्म पुग्ने अत्यधिक क्षमताको वाइफाइ नेट फाल्ने योजना छ ।

कामदार तालिमप्राप्त र अनुभवी रहेको व्यवस्थापन पक्षको भनाइ छ ।

‘होटलको सबैभन्दा मुनि होटल छ भने सबैभन्दा माथि छतसँसँगै लभ्ली बार राखिएको छ । त्योभन्दा तल रेष्टुरेण्ट छ । लभ्ली बारमा बसेर विराटनगरको दृष्य अवलोकन गर्न र मज्जा लिन सकिन्छ,’ निरौलाले भने ।

यो होटल नाफा कमाउने उद्देश्यले मात्र नखेलिएको सेफ अधिकारीले सुनाए । ‘यो होट दिवश सरको ड्रिम्स प्रोजेक्ट हो । होटल यस्तो पो हुन्छ भनेर नमुना प्रदर्शन गर्न खोजिएको उनले बताए । ‘यस्तै खाले अर्को होटल अब इटहरीमा बन्दैछ । देशका अरु ठाउँमा पनि खोल्ने विचार छ’ उनले भने ।


क्लिकमान्डु