प्रभु हेलिकप्टरका सबै उडानमा प्राधिकरणले रोक लगायो



काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रभु हेलिकप्टरका सम्पूर्ण उडानमा रोक लगाएको छ।

गत माघ ५ गते अनुमतिबिना स्याङजा जिल्लाको वालिङ खेल मैदानमा हेलिकप्टर अवतरण गरेको भन्दै प्राधिकरणले अर्को निर्णय नआउन्जेलसम्म प्रभु हेलिकप्टरका सबै उडानमा रोक लगाएको हो।

प्राधिकारणले थप छानबिन गरिरहेको र अर्को निर्णय नभएसम्म सबै उडानमा रोक लगाएको हो ।


क्लिकमान्डु