नयाँ सरकार आएपछि सकारात्मक हिसाबमा काम भएको छ: ढकाल



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले लघु, घरेलु, साना तथा मझौला उद्योगको विकास गर्नसके नेपालको आर्थिक विकासमा महत्वपूर्ण टेवा पुग्ने बताएका छन् ।

सोमवार ललितपुरमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको लघु, घरेलु, साना तथा मझौला उद्योग सम्मेलनलाई सम्बोधन गर्दै उनले धेरै रोजगारी सिर्जना गर्ने क्षेत्र भएर पनि एसएमइ क्षेत्रको विकास राम्रोसँग हुन नसकेको गुनासो गरे ।

निजी क्षेत्रको जिम्मेवारी सरकार र नीति निर्मातालाई मात्रै दोष दिने नभइ आफ्नो तर्फबाट पनि आवश्यक पहल गर्न जरुरी रहेको उनले बताए ।

वर्तमान सरकार आएपछि बजारमा सकारात्मक रुपमा तरलताको समस्या समाधान हुँदै गइरहेको उनको भनाइ छ ।

‘वर्तमान सरकार आएपछि बजारमा सकारात्मक हिसावमा काम भएको छ । तरलता र इन्ट्रेस्ट घटनेकुराहरु भनौँ सरकारको तर्फबाट गर्ने नीतिगत व्यवस्थाको कारणबाट बजारमा सकारात्मक रुपमा काम भइरहेको छ । मन्त्रीज्युले निजी क्षेत्रलाई हेर्ने र सुधार गर्ने कामहरुलाई ध्यान दिनुहुनेछ । सरोकारवालाहरुको व्यवहारिक रुपमा नीति निर्माण गर्ने कुरामा हामी विश्वस्त छौँ’ उनले भने ।

वरिष्ठ उपाध्यक्ष ढकालले वर्तमान सरकारले निजी क्षेत्रको समस्या समाधानका लागि आवश्यक काम अघि बढाउने कुरामा आफूहरु विश्वस्त रहेको बताए ।


क्लिकमाण्डू