कोभिडपछि बन्धना स्टिलको व्यापार लयमा फर्किंदै, ९२ करोडको कारोबार



काठमाडौं । कोभिडका कारण खस्किएको बन्धना स्टिल प्रालिको व्यापार लयमा फर्किन थालेको छ । कम्पनीले कोभिडअघि १ अर्ब रुपैयाँभन्दा बढीको व्यापार गर्दैै आएकोमा कोरोनाका कारण व्यापार निकै खस्किएको थियो ।

तर, पछिल्ला दिनहरुमा व्यापार बढ्दै गएको देखिन्छ । कम्पनीले सन् २०१९ मा १ अर्ब ४ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो । त्यसपछि सन् २०२० मा ८२ करोड ३६ लाख रुपैयाँ, सन् २०२१ मा ६४ करोड ६३ लाख रुपैयाँ र सन् २०२२ मा ९२ करोड २६ लाख रुपैयाँको व्यापार गरेको छ ।

कम्पनीले आइरन तथा स्टिलजन्य वस्तु उत्पादन गरी बिक्री वितरण गर्दै आएको छ । कम्पनीले एन्गल, फ्ल्याट, गेट तथा भ्यानलजस्ता स्टिलजन्य सामाग्री उत्पादन गर्दैै आएको छ । कम्पनीले बिलेट आयात गरी नेपाली बजारमा स्टिल उत्पादन गर्दै आएको छ ।

कम्पनीले वार्षिक १५ हजार मेट्रिक टा स्टिलजन्य वस्तु उत्पादन क्षमता छ । कम्पनीले अल्कालीन तथा दीर्घकालीन कर्जाका लागि ७६ करोड रुपैयाँको रेटिङ गराएको छ ।

कम्पनीले सन् २०२२ मा गरेको व्यापारमध्ये ४७ प्रतिशत हिस्सा एन्गलको रहेको छ । साथै, फ्ल्याट र रोलको २१ प्रतिशत र वायर कट सामाग्रीको १५ प्रतिशत हिस्सा छन् । त्यस्तै, कम्पनीले गरेको आम्दानीमा १० जना ग्राहकबाट मात्रै ५० प्रतिशत व्यापार गरेको छ ।


क्लिकमान्डु