केएल दुगड ग्रुपको दुई कम्पनीले गरे साढे ५ अर्बको व्यापार, ५ अर्बको रेटिङ



काठमाडौं । केएल दुगड ग्रुपको दुई कम्पनीले एकै वर्ष साढे ५ अर्बको व्यापार गरेको छ । कम्पनीले सन् २०२२ मा ५ अर्ब ३५ करोड ६० लाख रुपैयाँ (अपरिष्कृत) को व्यापार गरेको हो ।

ग्रुपद्वारा शौरभ फुड प्रोडक्ट प्रालि र ज्ञान इन्टरप्राइजेज कम्पनी सञ्चालित छन् । सन् २०२२ मा शौरभ फुड प्रोडक्ट कम्पनीबाट २ अर्ब १८ करोड ३० लाख रुपैयाँ र ज्ञान इन्टरप्राइजेजबाट ३ अर्ब १७ करोड ३० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले साढे ५ अर्बको व्यापार गर्दा दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि पनि ५ अर्ब १४ करोड १० लाख रुपैयाँको रेटिङ गराएको छ ।

नरेस दुगड र कुमुद दुगडको संयुक्त लगानी रहेको कम्पनीले सन् २०२२ मा उच्च व्यापार गरेको छ ।

ज्ञान इन्टरप्राइजेजः ज्ञान इन्टरप्राइजेजको व्यापार सन् २०२१ को तुलनामा सन् २०२२ मा २९ प्रतिशत बढेको छ । कम्पनीले सन् २०२२ मा ३ अर्ब १७ करोड ३० लाख रुपैयाँको व्यापार गरेको छ भने सन् २०२१ मा कम्पनीले २ अर्ब ४३ करोड ७० लाख रुपैयाँको व्यापार गरेको थियो । त्यस्तै, सन् २०२० मा २ अर्ब २१ करोड रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनीको व्यापार निरन्तर बढ्दै गएको देखिन्छ । सन् २०२१ मा ५९ प्रतिशतले वृद्धि भएको आम्दानी सन् २०२२ मा २४ प्रतिशतले वृद्धि भएको कम्पनीको भनाइ छ ।

कम्पनीले विभिन्न देशबाट वस्तु आयात गरी नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ । कम्पनीले विभिन्न ब्रान्डमा एटलेन्टीक, मेइजन र मेडालियाजस्ता ब्रान्डका वस्तु नेपाली बजारमा बिक्री गर्दै आएको छ ।

कम्पनीले सन् २०२२ मा ५.१७ प्रतिशतले नाफा कमाएको छ । सन् २०२१ मा कम्पनीले ४.४७ प्रतिशतले नाफा कमाएको थियो ।

कम्पनीले १० वटाभन्दा बढी एसिया, यूरोप र अमेरिकाबाट वस्तु आयात गरी बिक्री गर्दै आएका छन् ।

शौरभ फुड प्रोडक्टः केएल दुगडकै अर्को कम्पनी शौरभ फुडको व्यापार पनि बढेको छ । कम्पनीले सन् २०२० मा १ अर्ब १२ करोड ३० लाख रुपैयाँ र सन् २०२१ मा १ अर्ब ७६ करोढ ६० लाख रुपैयाँको व्यापार गरेको थियो । सन् २०२२ मा बढेर कम्पनीले २ अर्ब १८ करोड ३० लाख रुपैयाँको व्यापार गरेको छ ।

कम्पनीले चामल, तेल र अन्य खाद्य वस्तु बिक्री वितराण् गर्दै आएको छ । वार्षिक ४२ हजार मेट्रिक टन धान प्रशोधन गरी चामल उत्पादन क्षमता रहेको कम्पनीले १४ हजार मेट्रिक टन भने तोरीको तेल उत्पादन गर्दै आएको छ । जसमा कम्पनीको उत्पादन क्षमता वार्षिक ५६ हजार मेट्रिक टन रहेको छ ।

कम्पनीले सन् २०२२ मा आम्दानी गरेकोमा ७२ प्रतिशत चामलको हिस्सा छ भने ४१ प्रतिशत तेलको रहेको छ ।

कम्पनीले बजारमा १८० वटाभन्दा बढी खाद्यान्न वस्तु बिक्री वितरण गर्दै आएको छ । कम्पनीले चामल, दाल खाद्यान्न, बालबालिकाका खाद्यान्न, मसला, चिया, पिठो, तेल र अन्य खाद्यान्न ज्ञान ब्रान्डमा विभिन्न प्याकेजमा आफ्नै डिपोबाट बिक्री वितरणमा संलग्न छ ।

त्यसैगरी, बिगुल र ज्ञान ब्रान्डमा तोरीको तेल पनि बिक्री गर्दै आएको कम्पनीको भनाइ छ । कम्पनीअनुसार सन् २०२२ मा आम्दानी गरेकोमध्ये ८२ प्रतिशत कच्चा पदार्थको रहेको उल्लेख छ ।

त्यसैगरी, कम्पनीले सन् २०२२ मा ५.३१ प्रतिशतले नाफा कमाएको छ । सन् २०२१ मा कम्पनीले ४.५३ प्रतिशत नाफा कमाएको थियो ।


क्लिकमान्डु