पाँच महिनामा करिब ३ करोडको कफी निर्यात, कुन-कुन देश पुग्यो नेपाली कफी ?



काठमाडौं । चिसो होस् या गर्मी धेरैले रुचाउने वस्तु हो कफी । विश्वका अधिकांश मानिसहरुले खाना रुचाउने कफीको प्रयोग नेपालमा पनि बढ्दो छ ।

विगतको दिनमा कम मात्रामा खपत हुने कफी पछिल्ला दिनहरुमा बढ्दै गएको पाइन्छ । नेपालले विभिन्न देशबाट कफी आयात गरी बजारमा खपत गर्दै आएका छन् । बजारमा खपत हुने अधिकांश कफी आयातित हुन् ।

नेपालमा वार्षिक ३ सय मेट्रिक टन उत्पादन हुँदै आएको छ । तर, बजारको माग भने ६ गुणा बढी छ । जसले गर्दा व्यवसायीहरुले बजारको माग आयात गरेर धान्नुपर्ने अवस्था छ ।

नेपालका उत्पादन भएको कफी निकै गुणस्तरको उत्पादन हुन्छ । जति धेरै चिसो ठाउँमा कफी उत्पादन गर्न सकियो त्यति नै राम्रो मानिन्छ । त्यस्तै, नेपालमा उत्पादन भएको कफीमा हाइ हिमालय भनेर परिचित भएकाले नेपालको हावा पानी, जमिन र हिमालले गर्दा उत्कृष्ट मानिन्छ । तर, नेपालमा उत्पादनमा ध्यान दिन नसक्दा ठूलो बजार गुमाइरहेको नेपाल कफी व्यवसायी महासंघले बताउँदै आएका छन् ।

थोरै परिणाममा कफी उत्पादन भएपनि व्यवसायीहरुले विभिन्न देशमा निर्यात गर्दै आएका छन् । त्यस्तै, चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा नेपालले २ करोड ८४ लाख २८ हजार रुपैयाँको १६ हजार ४५२ केजी कफी निर्यात गरेको छ ।

पाँच महिनामा विश्वका १४ वटा जिल्ला नेपाली कफी निर्यात गरेका छन् । सो अवधिमा नेपालबाट सबैभन्दा बढी जर्मनीमा निर्यात गरेको छ । जसमा जर्मनीमा मात्रै १ करोड ९ लाख २७ हजारको ६ हजार केजी कफी निर्यात गरेको भन्सार विभागको तथ्याङ्कले देखाउँछ ।

जर्मनीपछि जापानमा १ करोड ३ लाख ५२ हजार रुपैयाँको ५ हजार ३०३ केजी, अष्ट्रेलियामा १८ लाख ९८ हजार रुपैयाँको १ हजार केजी, दक्षिण कोरियामा १२ लाख ४२ हजार रुपैयाँको १ हजार ८० केजी, इटलीमा १० लाख १६ हजार रुपैयाँको ६ सय केजी र ताइवानमा ७ लाख ९० हजार रुपैयाँको ६७७ केजी कफी निर्यात गरेको छ ।

त्यसैगरी, हङकङमा ६ लाख ३३ हजार रुपैयाँको २६९ केजी, अष्ट्रियामा ३ लाख ३४ हजार रुपैयाँको ९९ केजी, रसियामा ३ लाख २५ हजार रुपैयाँको ११० केजी, स्वीजरल्यान्डमा २ लाख ९५ हजार रुपैयाँको २३८ केजी, २ लाख ८७ हजार रुपैयाँको २८७ केजी, पोल्यान्डमा १ लाख ९७ हजार रुपैयाँको एक सय केजी, फिनल्यान्डमा ६९ हजार रुपैयाँको ६५० केजी र भारतमा ६२ हजार रुपैयाँको ४० केजी कफी निर्यात गरेको छ ।

साथै, नेपालले पाँच महिनाको अवधिमा विभिन्न देशबाट ११ करोड ८६ लाख ४९ हजार रुपैयाँको १ लाख ६२ हजार २९३ केजी कफी आयात गरेको छ ।


क्लिकमान्डु