राठी ग्रुपद्वारा सञ्चालित पल्लभी इलेक्ट्रा कम्पनीले एकै वर्ष गर्यो ६५ करोडको व्यापार



काठमाडौं । राठी ग्रुपद्वारा सञ्चालित पल्लभी इलेक्ट्रा प्रालि उद्योगले एकै वर्ष ६५ करोड २० लाख रुपैयाँ (अपरिष्कृत) को व्यापार गरेको छ ।

कम्पनीले सन् २०२१ मा ५६ करोड ६० लाख रुपैयाँ र सन् २०२० मा २९ करोड ३० लाख रुपैयाँको व्यापार गरेको थियो । कम्पनीअनुसार सन् २०२२ म १५ प्रतिशतले वृद्धि भएको छ ।

कम्पनी दक्षिण कोरियामा उत्पादन हुने हुन्र्डा इलेक्ट्रोनिकको आधाकारिक विक्रेता र एबीसी ट्रान्स्फर्मर प्रालिको आधिकारिक एजेन्ट पनि हो ।

श्याम राठी अध्यक्ष रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ६० करोड रुपैयाँको रेटिङ गराएको छ । जसमा कम्पनीले दीर्घकालीन कर्जाका लागि २ करोड ६ लाख अर्थात् बी माइनस र अल्पकालीन कर्जाका लागि ५७ करोड ९३ लाख रुपैयाँ र एफोरको रेटिङ पाएको छ ।

कम्पनीले विद्युतीय ट्रान्सफर्मर, जेनेरेटर र स्टेबलाइजर भारत, चीन र इन्डोनेसियाबाट आयात गरी आन्तरिक बजारमा बिक्री वितरण गर्दै आएको छ । कम्पनीले आम्दानी गरेकोमध्ये २८ प्रतिशत विद्युतीय सामाग्रीबाट गरेको जनाएको छ ।

कम्पनीले सन् २०२१ मा १५ करोड रुपैयाँको विद्युतीय सामाग्रीबाट आम्दानी गर्दा सन् २०२२ मा १८ करोड १० लाख रुपैयाँको विद्युतीय सामाग्री बिक्री गरेको छ ।

कम्पनीले सन् २०२२ मा ९.५१ प्रतिशत नाफा कमाएको छ । सन् २०२१ मा ७.३१ प्रतिशत नाफा कमाएको थियो ।

कम्पनीअनुसार सन् २०२१ मा १ करोड २० लाख नाफा कमाएकोमा सन् २०२२ मा १ करोड ७० लाख रुपैयाँ नाफा कमाएको छ।

त्यस्तै, कम्पनीले चालु आर्थिक वर्ष तीन महिनाको अवधिमा १४ करोड ९० लाख रुपैयाँको व्यापार गरेको छ ।


क्लिकमान्डु