कब्रा ग्रुपद्वारा सञ्चालित फर्माकेम कम्पनीको व्यापार ३ अर्ब माथि



काठमाडौं । कब्रा ग्रुपद्वारा सञ्चालित फर्माकेम कम्पनीको व्यापार ३ अर्ब नाघेको छ । कम्पनीले सन् २०२२ मा ३ अर्ब २० करोड १० लाख रुपैयाँ (अपरिष्कृत) को व्यापार गरेको हो ।

कम्पनीले सन् २०२१ मा २ अर्ब ७७ करोड ८० लाख रुपैयाँ र सन् २०२०मा २ अर्ब २६ करोड १० लाख रुपैयाँको व्यापार गरेको थियो ।

सन् १९९८ देखि औषधिजन्य वस्तुको व्यापार गर्दै आएको कम्पनीले जेनेरिक र क्रोनिक दुबै औषधि बिक्री वितरण गर्दै आएको छ ।

भारतमा उत्पादन भएको उक्त औषधिहरु कम्पनीले नेपालमा आयात गरी बिक्री वितरण गर्दै आएको छ ।

आत्माराम कब्राको १ प्रतिशत, हरिनारायण कब्राको ५० प्रतिशत र राजेन्द्र कुमार कब्राको ४९ प्रतिशच स्वामित्व रहेको कम्पनीले अल्पकालीन कर्जाका लागि ६६ करोड रुपैयाँको रेटिङ गराएको छ ।

त्यसैगरी, कम्पनीले ३ अर्बको व्यापार गर्दा ५ प्रतिशत नाफा कमाएको छ । वीरगञ्जमा कार्यालय रहेको कम्पनी ठूलो औषधि आयातकर्ता हो ।


क्लिकमान्डु