सोना ब्रान्डको सिमेन्ट बेच्ने कम्पनीको आम्दानी घट्यो, करिब साढे २ अर्बको व्यापार



काठमाडौं । नेपाली बजारमा ‘सोना सिमेन्ट’ र ‘सोना श्री सिमेन्ट’ ब्रान्डको सिमेन्ट बेच्ने सोनापुर मिनिरल र आयल लिमिटेडको व्यापार घटेको छ । कम्पनीको व्यापार सन् २०२१ को तुलनामा सन् २०२२ मा घटेको हो ।

कम्पनीले सन् २०२१ मा २ अर्ब ९२ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो । तर, सन् २०२२ मा २ अर्ब ३७ करोड ५० लाख रुपैयाँ (अपरिष्कृत) को व्यापार गरेको छ । त्यस्तै, कम्पनीले सन् २०२० मा २ अर्ब ६६ करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनीको निर्देशक निपेश तायल हुन् । कम्पनीले सन् २०२२ मा ५८ प्रतिशत क्लिङ्कर उत्पादन गरेको थियो भने ५३ प्रतिशत गन्डिङ सिमेन्ट उत्पादन गरेको थियो । जसमा कम्पनीले सन् २०२२ मा सन् २०२१ को तुलनामा २६ प्रतिशतले उत्पादन बढाएको जनाएको छ ।

कम्पनीले सन् २०२२ मा १८.९८ प्रतिशतले नाफा कमाएको छ । कम्पनीको व्यापार सन् २०२१ को तुलनामा ९ प्रतिशतले कम व्यापार भएको छ । त्यस्तै, कम्पनीले सन् २०२२ को फेब्रअरीबाट प्रतिदिन २३ सय टन उत्पादन गर्ने गरी उद्योग स्थापना गरेको छ । साथै, प्रतिदिन एक हजार क्लिङ्कर उत्पादन हुने गरी कम्पनीको क्षमता बढाएको छ ।

सन् २०२२ मा मुख्य १० जना ग्राहकबाट मात्रै ५४ प्रतिशत आम्दानी भउको कम्पनीको भनाइ छ । सन् २०२१ मा आम्दानी भएकोमध्ये ४५ प्रतिशत १० मुख्य ग्राहकबाट भएको थियो । साथै, सन् २०२२ मा आम्दानी भएकोमध्ये १८ प्रतिशत एक जना ग्राहकबाट भएको उल्लेख छ ।


क्लिकमान्डु