३ अर्ब लगानीमा पोखरामा पाँच तारे होटल बन्दै



काठमाडौं । पर्यटकीय नगरी पोखरामा ३ अर्ब बढी लगानीमा पाँच तारे होटल बन्ने भएको छ । बाराही सेदी लिमिटेडले पोखरामा ३ अर्ब १० करोड लगानीमा पाँच तारे होटल निर्माण गर्ने भएको हो ।

कम्पनीले उक्त होटल निर्माणका लागि दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि २ अर्ब ३८ करोड रुपैयाँको रेटिङ गरेको छ ।

कम्पनीले दीर्घकालीन कर्जाका लागि २ अर्ब ३३ करोड रुपैयाँ अर्थात् एलबी र अल्पकालीन कर्जाका लागि ५ करोड रुपैयाँ अर्थात् एफोरको रेटिङ गराएको छ ।

कम्पनीको सन् २०२२ को सेप्टेम्बरसम्ममा २५ प्रतिशत भौतिक र ४४ प्र्रतिशत आर्थिक प्रगति भएको जनाएको छ । कम्पनीले ७५ प्रतिशत ऋण लिने भएको छ भने बाँकी २५ प्रतिशत आन्तरिक रकमबाट खर्च हुने जनाएको छ । होटल बाराही प्रालिले सन् १९७८ देखि होटल क्षेत्रमा काम गर्दै आएको छ ।

हरिप्रसाद पौडेलको स्वामित्व रहेको कम्पनीले चार वटा ब्लकमा होटल निर्माण गर्नेछ । जसमा पहिलो चरणमा दुई वटा निर्माण कार्य अगाडि बढाएको कम्पनीको भनाइ छ । होटलमा ८७ प्रतिशत हिस्सा पौडेलको छ भने बाँकी शेयर उनकै तीन जना परिवार सदस्यको हिस्सा छ ।

होटलमा ६३ रोपनी अर्थात् ७.५ हेक्टरमा निर्माण हुनेछ । होटलमा १० वटा सुइट कोठासहित १५० कोठाको व्यवस्था हुनेछ । साथै, एउटा क्यासिनो र ११ वटा सेवा दिने घरहरु हुनेछन् ।

त्यसैगरी, होटलमा लबी, रिसेप्सन, दुई वटा रेष्ष्टुराँ र एउटा बार, तीन वटा कन्फरेन्स हल, दुई वटा बोर्ड रुम, स्पा, सौना र हेल्थ सेन्टर, क्यासिनो ब्लक, एडमिनिस्ट्र्टिभ ब्लक र मेकानिकर रुमको व्यवस्था हुनेछ ।


क्लिकमान्डु