उडान भरिरहेको बेला तारा एयरको जहाजमा चरा ठोक्कियो



फाइल तस्बिर

हुम्ला । तारा एयरको जहाजमा चरा ठोक्किएको छ ।

नेपालगञ्जबाट हुम्लाको सिमकोटका लागि उडेको ताराको कार्गो जहाजमा चरा ठोक्किएको हो । उडान भरिरहेको बेला अदानचुली गाउँपालिकाको मुने लेकनजिकैको आकाशमा विमानमा चिल ठोक्किएको थियो ।

चालकदलका दुई सदस्य र एक एयरहोस्टेजसहित ३ जना सवार विमानमा चरा ठोकिँदा विमानको अगाडिपट्टीको भागमा क्षति पुगेको छ ।


क्लिकमान्डु