आइएमई पेको अफर, सहुलियतमा वल्र्ड कप प्याकेज



काठमाडौं । आइएमई पेले डिशहोम नकआउट तीन सय अफर सार्वजनिक गरेको छ ।

उक्त अफर अन्तर्गत ग्राहकहरुले डिशहोमको वल्र्ड कप प्याकेज मात्र ३०० मा आइएमई पे एपबाट खरिद गर्न सक्नुहुनेछ ।

ग्राहकहरुले सो प्याकेजको भुक्तानी गर्दा एउटा प्रोमो कोड ‘नकआउट’ प्रयोग गर्नु पर्ने हुन्छ । जस मार्फत ग्राहकहरुले वल्र्ड कप प्याकेजको पूर्ण मुल्य ५ सय ६५, तिर्दा २६५ क्यासब्याक स्वरुप फिर्ता प्राप्त गर्न सक्नेछन् ।

यो अफर सिमित अवधिको लागि मात्र लागु हुनेछ । यस अफर मार्फत पहिलो ३०० ग्राहकहरुले मात्र सो प्याकेज क्यासब्याकमा खरिद गर्न सक्नेछन् ।


क्लिकमान्डु