महासंघको नेतृत्वमा बैंकर्स आएपनि बैंकलाई प्राथमिकतामा राखेको छैनः चन्द्र ढकाल



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले उद्योग वाणिज्य महासंघको नेतृत्वमा बैंकर्स आएपनि बैंकलाई प्राथमिकतामा नराखेको बताएका छन् ।

मंगलवार महासंघले काठमाडौंमा पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ उपाध्यक्ष ढकालले महासंघको नेतृत्वमा बैंकर आएर बैंकलाई प्राथमिकता दिएको भन्ने विषय सत्यता देखिए पनि बाहिर हल्ला आएको जस्तो नभएको बताएका हुन् । उनले महासंघको नेतृत्वमा बैंकका अध्यक्ष तथा पदाधिकारी भएकाले बैंकको पक्षमा महासंघ रहेको भन्ने हल्ला गलत भएको बताए ।

उनले ३ वर्ष पहिले महासंघको चुनावमा आउँदै गर्दा चुनावी नाराको रुपमा अगाडि सारिएको विषय मात्रै भएको दाबी गरे । उनले आफू नेतृत्वमा आउनु भन्दा ३ वर्ष पहिला महासंघको नेतृत्वको विषयमा यस्तो विषय कहिल्यै नआएको बताउए । उनले बैंकको सञ्चालक भएपनि बैंकबाट आउने फाइदा भन्दा उद्योग व्यवसायबाट बढी फाइदा हुने गरेको बताए । ढकालले बैंकको सञ्चालक वा अध्यक्ष हुनुभन्दा व्यावसायी वा व्यापारी हुँदा फाइदा धेरै हुने भन्दै बैंकलाई तिर्ने ब्याज,प्रिमियम समेत बढी नै तिर्ने बताए ।

उनले भने, ‘बैकर र उद्योग वाणिज्य महासंघको नेतृत्व नै बैंकर भएर बैंकहरु बढी प्राथमिकतामा परे भन्ने बाहिर हल्ला आएको छ । त्यो सन्दा सत्य जस्तो लाग्छ । यो विषय उद्योग वाणिज्य महासंघको चुनाव आए बेलादेखि उठ्न थालेको विषय हो । बैंकको अध्यक्ष वा बोर्डमा बसेर १५ वर्ष काम गरेका साथीहरु हुनुहुन्छ । बैंकका सञ्चालक भएर बैंकबाट पाउने फाइदा उद्योग व्यवसायमा रहेको छ । उद्योग धन्दाले बैंकमा तिर्नुपर्ने प्रिमियम,ब्याज बढी तिर्नुपर्ने हुन्छ । जहाँसम्म उद्योग वाणिज्य महासंघका पदाधिकारीहरुले अहिल्यै बैंकको ब्याजदर,प्रिमियम बढाउनुपर्छ र फाइदा लिनुपर्छ भन्ने पक्षमा काम नगरेका छैनौं । ३ वर्ष पहिला म लगायत केही व्यवसायीहरु महासंघको चुनावका अगाडि बढ्यो त्यो बेला चुनावी नाराको रुपमा अगाडि सारिएको विषय हो । यो विषय ५ वर्षभन्दा पहिले कहिल्यै पनि यो विषय आएको थिएन ।’


क्लिकमान्डु