एक वर्षमा १९ खर्ब १५ अर्बको आयात
काठमाडौं । गत आर्थिक वर्षमा १९ खर्ब १५ अर्ब ६५ करोड ७४ लाख रुपैयाँको वस्तु आयात भएको छ ।
आव २०७७/७८ मा १५ खर्ब ३९ अर्ब ३ करोड ७० लाख रुपैयाँ बराबरको आयात गरेको थियो । एक वर्षको अवधिमा आयात २४.४१ प्रतिशतले बढेको हो ।
गत आर्थिक वर्षको असारमा मात्रै १ खर्ब ५२ अर्ब रुपैयाँ बराबरको आयात भएको छ ।
असारमा धेरै आयात हुने १० वस्तुमा पेट्रोल, हवाई इन्धन, भटमासको कच्चा तेल, पोलिथिन दाना, डिजेल, एलपी ग्याँस, तयारी कपडा, अन्य औधोगिक मेसीनरी, स्टेपल फाइबर र स्वास्थ्य उपकरण छन् ।