मौद्रिक नीतिमा दिएको सुझाव गभर्नर अधिकारीलाई हो, एमालेका एम अधिकारीलाई होइनः गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले सेयर धितो कर्जामा लागू गरिएको ४/१२ करोड सीमाको नीति परिवर्तन गर्नुपर्ने बताएका छन् ।

राष्ट्र बैंकले मौद्रिक नीतिमा गरेको यो व्यवस्थाले ठूलालाई पोस्ने र सानालाई कस्ने नीति भएको र यसले अपेक्षा गरे अनुसार सफलता हासिल नगरेको भन्दै यसलाई सच्चाउनुपर्ने बताए ।

उनले आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउँदा अर्थतन्त्र चलायमान बनाउने गरी ल्याउन समेत गभर्नर महाप्रसाद अधिकारीलाई सुझाव दिए ।

‘तरलताको अभाव, चुलिँदो व्यापार घाटा, घट्दो विदेशी मुद्रा सञ्चिति, आकासिदो मूल्यवृद्धि र मागमा आएको संकुचनलाई सम्बोधन हुने गरी मौद्रिक नीति ल्याउनुपर्छ,’ उनले भने ।

उनले परियोजनामा आधारित कर्जा, बैंकिङ प्रणाली बाहिर रहेको कर्जालाई प्रणालीमा ल्याउने, कुनै घरानाको कब्जामा रहेको अर्थतन्त्रलाई बाहिर ल्याउने आँट मौद्रिक नीतिले गर्नुपर्ने बताए ।

उनले मौद्रिक नीतिमा आफूले दिएको मेरो सुझाव गभर्नर अधिकारीलाई भएको र यसलाई एमाले अर्थ विभागका सदस्य एम अधिकारीलाई भनेर बुझ्न भएन नहुने बताए ।

‘मैले गरेको यो अनुरोध नेपाल राष्ट्र अर्थ विभागका सदस्य एम अधिकारीलाई भनेको भनेर बुझ्नु भयो भने क्षमा चाहन्छु,’ उनले भने ।


क्लिकमान्डु