‘अर्थमन्त्रीले बजेट बनाउने बेला अनैतिक काम गरेर विश्व रेकर्ड राखे’



काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अर्थमन्त्री जनार्दन शर्माले बजेट बनाउने क्रममा विश्वमा नै नहुँने अनैतिक काम गरेको बताएका छन् ।

प्रतिनिधिसभामा विशेष समय लिएर बोल्दै प्रमुख प्रतिपक्षी दलका नेता ओलीले बजेट कस्तो आयो भन्दापनि गलत प्रक्रियाले बजेट बनेको बताए ।

‘बजेट देशको भएन,२÷४ व्यवसायिक घरानाको लागि मात्र फाइदा हुने गरेर बजेट आएको छ,’ओलीले भने । केही घरानालाई फाइदा गर्न अर्थमन्त्रालयका कर्मचारीसँग भर नपरेर अर्थमन्त्रीले बाहिरी व्यक्तिलाई राखेर बनाएको बताए ।

अर्थमन्त्रीले बजेट बन्ने बेलाको सिसिटिभी फुटेज देखाउन नसकेको भन्दै उनमा आफू नै राज्य भएको भन्ने भ्रम परेको बताए ।


क्लिकमान्डु