बागमती प्रदेशको बजेट बहुमतले पारित



काठमाडौं । बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तुत गरेको बजेट बहुमतले पारित भएको छ ।

प्रदेशसभाको बैठकमा सभामुख सानुकुमार श्रेष्ठले प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेललाई उक्त बजेटसम्बन्धी प्रस्ताव पेश गर्न अनुमति दिएका थिए ।

प्रदेश सरकारले आगामी आवका लागि कूल ७० अर्ब ९३ करोड अनुमानित बजेट ल्याएको थियो । यही असार १ गते बसेको प्रदेशसभामा मन्त्री जम्मकट्टेलले उक्त बजेट प्रस्तुत गरेका थिए ।

७० अर्ब ९३ करोड बजेटमध्ये चालुतर्फ १९ अर्ब दुई करोड, पूँजीगततर्फ ४१ अर्ब ५६ करोड, वित्तीय हस्तान्तरणतर्फ आठ अर्ब र वित्तीय व्यवस्थापनतर्फ दुई अर्ब बजेट विनियोजन गरिएको थियो ।

प्रदेशसभाको बैठकमा विनियोजन विधेयक र अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, २०७९ माथि छलफल भएको थियो । बैठकले अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०७९ पनि पारित गरेको छ ।

बैठकमा विभिन्न मन्त्रालय र निकायहरूको बजेटका शीर्षकहरूमाथि १९सांसदहरूले खर्च कटौतीको प्रस्ताव प्रस्तुत गरेका थिए ।


क्लिकमान्डु