बागमती प्रदेशले ल्यायो ७० अर्ब ९३ करोड ९२ लाखको बजेट (पूर्णपाठ)



काठमाडौं । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाँको बजेट विनियोजन गरेको छ ।

प्रदेशका आर्थिक मामिल तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सभामा उक्त बजेट पेश गरेका हुन् । कुल विनियोजन मध्ये चालुतर्फ १९ अर्ब २ करोड ४१ लाख रुपैयाँ (२७ प्रतिशत) रुपैयाँ रहेको छ । यस्तै पुँजीगततर्फ ४१ अर्ब ५६ करोड २४ लाख (५८.५८), वित्तीय हस्तान्तरणतर्फ ८ अर्ब ३५ करोड २७ लाख (११.७७) र वित्तीय व्यवस्थातर्फ २ अर्ब रुपैयाँ (२.८१ प्रतिशत) बजेट विनियोजन गरिएको छ ।

विनियोजन गरेको बजेटको खर्च बेहोर्ने स्रोतमा राजस्वबाट २६ अर्ब ९७ करोड ११ लाख, अन्य राजस्वबाट ६ अर्ब २२ करोड ४४ लाख, संघीय वित्तीय हस्तान्तरणबाट २१ अर्ब ६ करोड ८७ लाख र चालु आर्थिक वर्षको अनुमानित सञ्चित कोष बचत र अन्य स्रोतबाट १६ अर्ब ६७ करोड ५० लाख रुपैयाँ रहेको छ ।


क्लिकमान्डु