प्रदेश नम्बर १: ३९ अर्ब ७३ करोडको बजेट, ६.४८%को  आर्थिक वृद्धि हुने



काठमाडौं । प्रदेश नम्बर १ ले आगामी आर्थिक वर्ष २०७९/८० का लागि वार्षिक बजेट पेश गरेको छ ।

बुधबार प्रदेश सभामा आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले कुल ३९ अर्ब ८३ करोड ८३ लाख रुपैयाँको बजेट पेश गरेका हुन् ।

कुल बिनियोजन बजेटमध्ये स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ३ अर्ब १५ करोड १५ लाख रुपैयाँ र संघीय अनुदान बचत फिर्ता २ अर्बै रुपैयाँ रहेको छ ।

आगामी आर्थिक वर्षको अनुमान गरिएको खर्च स्रोतमध्ये प्रदेशको आन्तरिक राजस्वबाट ४ अर्ब ९८ करोड ४५ लाख रुपैयाँ, राजस्व बाँडफाँटबाट ११ अर्ब ८८ करोड २४ लाख रुपैयाँ, संघबाट प्राप्त हुने वित्तीय समानिकरण अनुदान ९ अर्ब ८२ लाख रुपैयाँ, ससर्त अनुदानमा ८ अर्ब ६९ करोड ५९ लाख रुपैयाँ, समपुरक अनुदान ९२ करोड रुपैयाँ, विशेष अनुदान ४७ करोड ५० लाख रुपैयाँ गरी राजस्व तथा वित्तीय अनुदानबाट ३५ अर्ब ९६ करोड ६० लाख खर्च बेहोरिनेछ ।

बाँकी अपुग रकम नगद मौज्दातबाट ३ अर्ब ५१ करोड ५५ लाख रुरुपैयाँ र वैदेशिक अनुदानबाट २५ करोड ६८ लाख रुपैयाँ बेहोरिनेछ ।

मन्त्री आङबोले आगामी आर्थिक वर्षमा प्रदेश नम्बर १ को कुल ग्राहस्थ उत्पादन ८ खर्ब ५० अर्ब रुपैयाँको पुग्ने अनुमान गरेका छन् ।

उनले आगामी वर्ष प्रदेशको आर्थिक वृद्धिदर ६.४८ प्रतिशतको हुने दाबी गरेका छन् ।


क्लिकमान्डु