सबै प्रदेश सरकारले आज बजेट ल्याउँदै



काठमाडौं । सातवटै प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष २०७९/८० को बजेट ल्याउँदैछन् ।

संवैधानिक प्रावधान अनुसार, प्रदेश सरकारले आगामी आवको बजेट ल्याउन लागेका हुन् । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रीले प्रदेशसभामा बजेट पेश गर्नेछन् ।

संघ सरकारले १५ जेठ, प्रदेश सरकारले असार १ गते बजेट ल्याउने संवैधानिक व्यवस्था रहेको छ ।

आगामी आवका लागि कृषि, पर्यटन, खानेपानी, सडक, रोजगारी सिर्जना लगायतका विषयलाई प्राथमिकतामा राखेर बजेट ल्याउने देखिएको छ ।

संघ सरकारले तोकेको सिलिङका आधारमा प्रदेश सरकारले बजेट ल्याउँने गरेका छन् ।


क्लिकमान्डु