फेरि बढ्यो इन्धनको मूल्य, पेट्रोलको प्रतिलिटर ८ र डिजल १२ रुपैयाँले बढ्यो



काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले बिहीबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको हो ।

निगमले पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँले बढाएर १७८ रुपैयाँ बनाएको छ । साथै, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर १२ रुपैयाँले बढाएर १६५ रुपैयाँ बनाएको छ ।

केही दिन अघि अत्यधिक मूल्यवृद्धि भएको भन्दै निगमले प्रतिलिटर १० रुपैयाँका दरले मूल्य घटाएको थियो ।

निगमले यसपटक ग्याँस तथा हवाई इन्धनको मूल्य भने यथावत नै राखेको छ ।

निगमका अनुसार वैशाखसम्म ४७ अर्ब रुपैयाँ घाटा भइसकेको र आगामी असार मसान्तसम्म घाटा ६० अर्बै रुपैयाँ पुग्ने अनुमान गरिएको छ ।


क्लिकमान्डु