बैंक तथा वित्तीय संस्थाले गरेको लगानी कता गयोः अर्थमन्त्री शर्मा



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बैंक तथा वित्तीय संस्थाहरुले गरेको लगानी फर्काउने बेला आएको बताएका छन् ।

प्रतिनिधि सभाको बैठकमा सरकारले आगामी आर्थिक वर्षका लागि विनियोजन गरेको बजेटका विषयमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री शर्माले यस्तो बताएका हुन् ।

उनले बैंकहरुले गरेको ऋण लगानीे ऋण कहाँ गएको भन्ने विषयमा केही जानकारी नभएको भन्दै अब त्यस्तो लगानी फिर्ता गर्नुपर्ने उनको तर्क छ ।

मन्त्री शर्माले आगामी आवको बजेटमा निर्यातका नयाँ क्षेत्रको खोजी गरेको जानकारी गराउँदै क्लिङकर निर्यात गर्ने, त्यस्ता उद्योगलाई विद्युतमा छुट दिने विषय बजेटमा समावेश गरेको बताए ।

शर्माले संसदमा उठेका प्रश्नको जवाफा दिने क्रममा संविधानमा ५,६ महिनालाई बजेट ल्याउने भन्ने व्यवस्था कतै पनि नरहेको स्मरण गराए । उनले निर्वाचनका लागि बजेट विनियोजन गरेको र समयमा नै निर्वाचन गर्ने दाबी समेत सांसदलाई जानकारी गराए ।

मन्त्री शर्माले आगामी आवमा ७ सय मेगावघाट थप विद्युत प्रशारण लाइनमा जडान हुने, कृषि उत्पादन बढ्ने भएका कारण ८ प्रतिशत आर्थिक वृद्धि हुने बताए । जवाफ दिने क्रममा मन्त्री शर्माले प्रधानमन्त्री रोजगार र कृषि रोजगार कार्यक्रमलाई एकिकृत गर्ने जानकारी गराए ।

उनले आइटी लगायत नयाँ क्षेत्रमा अन्तर्राष्ट्रिय विश्वविद्यालयसँग समन्वय गरेर कलेज खोल्ने नीति रहेको जानकारी गराए । यस्तै चीनि कारखाना, गोरखकाली टायर कारखाना, कपडा उद्योग पनि खोलिने जानकारी गराए ।

यस्तै भूमि आयोगबाट भूमिहिनलाई जगा दिने विषय पनि बजेटमा समावेश भएको जानकारी गराए । आगामी आवमा ३० प्रतिशत रोजगारी बढाउने सरकारको तयारी रहेको पनि जानकारी गराए । १४ औं आवधिक योजना अनुसार वृद्धभत्ता पाउनेका उमेर घटाएको बताए । यसले वृद्धभत्ता थप विस्तार भएर जाने उल्लेख गरे ।

यस्तै इन्डक्डस चुलो बाडने बेला प्रमुख प्रतिपक्षी दललाई पनि सँगै लिएर जाने । उनले कानुन संशोधन गरेर आगामी आवमा पुँजीगत खर्च बढाउने पनि जानकारी गराए । यस्तै किसानका लागि मल आउने क्रम जारी रहेको र त्यसका लागि केही ढिला भएको स्वीकारे ।


क्लिकमान्डु