१० रुपैयाँले पेट्रोलियम पदार्थको मूल्य घट्यो



काठमाडौं । आयल निगमले १० रुपैयाँले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

सरकारले पेट्रोलियम पदार्थमा लिटरमा लिने १० रुपैयाँको पुर्वाधार कर हटाएपछि १० रुपैयाँले मूल्य घटेको हो ।

नयाँ मूल्य अनुसार पेट्रोल लिटरको १७० तथा डिजेल १५३ रुपैयाँ पर्ने छ ।

२ वर्ष अगाडि युवराज खतिवडाले पूर्वाधार कर अन्तर्गत लिटरमा १० रुपैयाँ पेट्रोल तथा डिजेलमा कर लिन थालेका छन् । बाबुराम भट्टराईको पालामा बुढीगण्डकी बनाउने भनेर पेट्रोलियम पदार्थमा यस्तो कर लगाउन थालिएको थियो ।


क्लिकमान्डु