चुनावमा नेतालाई जिताउन स्वेच्छाचारी ढंगले बजेट विनियोजन गरियोः भिम रावल



काठमााडैं । सांसद भिम रावलले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा अमुक नेतालाई आगामी निर्वाचनमा जिताउन स्वेच्छाचारी ढंगले बजेट विनियोजना गरेको बताए ।

प्रतिनिधि सभाको बैठकमा उनले यस्तो बताएका हुन् । उनले बजेटमा २९ वटा नारा रहेको र त्यो नारा सरकारले निर्वाचनमा प्रयोग गर्ने बताए ।

सांसद रावलले आगामी आवको लागि ल्याएको बजेटमा हटाउनु पर्ने र संशोधन गर्नुपर्ने विषय धेरै रहेको बताए । उनले वृद्धभत्ताको सिमा २ वर्ष घटाएर ६८ वर्ष बनाउनुको कारण पनि पेश गर्न सरकालाई आग्रह गरेका छन् ।

यस्तै संघ सरकारले दिने बजेट सूदुरपश्चिम र कर्णाली प्रदेशलाई कम बजेट दिएको पनि आरोप लगाए । रावलले मासिक १० करोड रुपैयाँभन्दा बढी विद्युत खपत गर्ने उद्योगलाई विद्युत महशुलमा २ देखि १५ प्रतिशत छुट दिने तथा विदेशी लगानीको न्यूनतम सिमा ५ करोडबाट घटाएर २ करोड बनाउने, विदेशीले अपार्टमेन्ट किन्न पाउने व्यवस्थाले बजेट ठूला पुँजीपतीका लागि मात्रै रहेको प्रष्ट हुने उनको तर्क छ ।

काठमाडौं– चितवन, चतरा–सगरमाथा जाने दु्रतमार्ग बनाउने भन्नु सस्तो लोकप्रियताका लागि ल्याएको विवेकहिन घोषणा भएको बताए । बजेटमा अप्तड क्षेत्रका कुरा नसमेटिएको भन्दै चिन्ता जनाएका छन् ।


क्लिकमान्डु