यो बजेट कमिसन खान र चुनाव खर्च जुटाउन मात्रै होः लिङदेन



काठमाडौं । सांसद राजेन्द्र लिङदेनले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट कमिसन खान र चुनावका लागि खर्च जुटाउन मात्रै ल्याएको बताएका छन् ।

सरकारले बजेटमा इन्डक्सन चुलो. दिने भनेको छ तर त्यसलाई पुर्वाधार नभएको उनको तर्क छ । पुर्वधार नभइ चुल्हो दिने भन्नु चुल्हो किनेर कमिशन खाने र चुनावको लागि खर्च जुटाउने मेलो भएको दाबी गरे ।

यो बजेटले कुनै पनि नेपालीको जीवनमा परिवर्तन नहुने उनको तर्क छ । अहिले देखिएको आर्थिक संकट, मूल्यवृद्धि रोक्ने खालको बजेट नआएको उनको तर्क छ । सरकारले आगामी आवको लागि ल्याएको बजेट निर्वाचन मुखी रहेको उनको तर्क छ । सरकारले अनुमानको आधारमा मात्रै ल्याएको बजेटमा अनुदान यति पाइन्छ, यति ऋण लिइन्छ होला भन्ने मात्रै उल्लेख रहेको लिङदेनको तर्क छ ।

बजेटमा नै एक घन्टामा चितवन पुगिन्छ भनेको भनेको भएपनि त्यसको आधार केही फेला पनि नपरेको लिङदेनको तर्क छ । सरकारले बजेटको नाममा ललिपप मात्रै ल्याएको उनको तर्क छ । बजेटमा हेटौडाको उद्योगमा बनेका कपडा लगाउने भनिएपनि त्यहाँ उद्योग कहिले खोल्ने भन्ने विषय अन्योलमा रहेको लिङदेनको तर्क छ ।

सरकारले नसक्ने कुरा फिर्ता लिएर सक्ने काम मात्रै गर्न सुझाव दिए बजेटमा भ्रष्टाचार, सुसानको कुरा कतै पनि नभएको उनको तर्क छ ।


क्लिकमान्डु