अर्थमन्त्री शर्मालाई पाण्डेको प्रश्नः शिक्षामा कमिसन नआउने भएर बजेट घटाएको हो ?



काठमाडौं । पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले अर्थमन्त्री जनार्दन शर्मालाई शिक्षामा कमिसन नआउने भयो भनेर बजेट घटाएको हो भन्दै प्रश्न गरेका छन् । प्रतिनिधि सभाको बैठकमा उनले यस्तो प्रश्न गरेका हु्न् ।

‘तपाईले शिक्षामा मन्त्रीहरुले पैसा नै हाल्दैनन्, स्वास्थ्यमा पैसा हाल्दैनन्, त्यसमा पैसा हाले कमिशन आउँदैन भन्नु भएको रहेछ’ उनले भने ‘तर तपाई पनि त्यहाँ बस्दा बजेट बढाउनु भएन । शिक्षामा १०.९० प्रतिशत भन्दा बढी बजेट हाल्नु भएन, उच्च शिक्षाका कमजोर अवस्थालाई हेरेर बजेट छुट्याउनु भएन । के तपाईले पनि कमिशन नदेखेर पैसा नहाल्नु भएको हो ?’

यति जिम्मेवार मन्त्रीले शिक्षामा बजेट बढाउँछु भनेको भएर यो वर्ष शिक्षामा बजेट बढ्छ भन्ने लागेको थियो, तर बढेन ।
आफुले बजेटमा १७ प्रतिशत बजेट छुट्याएको स्मरण गराउँदै शिक्षामा बजेट नबढाए समाजवाद कसरी आउँछ भन्दै पाण्डेले शर्मालाई प्रश्न गरेका छन् ।

गरिब मान्छेले शिक्षामा समान अवसर पाउने भएपनि त्यसमा नै लगानी नगरे प्रतिफल नपाउने उनको तर्क छ । स्वास्थ्यमा पनि बजेट घटेको उनको तर्क छ ।


क्लिकमान्डु