रक्सी खाने मान्छेप्रति कठोर बन्यो सरकार, कुन रक्सीको मूल्य कति बढ्यो ?



काठमाडौं । सरकारले बियरको मूल्य बढाएको छ ।

आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत् अर्थमन्त्री जनार्दन शर्माले बियरमा प्रतिलिटर ३० रुपैयाँले कर बढाएका छन् ।
यसअघि प्रतिलिटर १९८ रुपैयाँ लाग्दै आएको अन्तशुल्कमा ३० रुपैयाँले थप गरी २२८ रुपैयाँ बनाइएको छ ।

साथै, इनर्जी ड्रिग्समा प्रतिलिटर ३६ रुपैयाँबाट १४ रुपैयाँले बढाएर ५० रुपैयाँ कायम गरिएको छ । अन्य इनर्जी ड्रिग्सको हकमा १४ रुपैयाँलाई २५ रुपैयाँ बनाइएको छ ।

अल्कोहलरहित बियरमा प्रतिलिटर २० रुपैयाँलाई ३० रुपैयाँ बनाइएको छ ।

सुर्तीरहित सुगन्धित सुपारीमा प्रतिकेजी २८१ रुपैयाँबाट बढाएर ३५० रुपैयाँ बनाइएको छ । सुर्तीरहित पान मसलामा प्रतिकेजी ८१२ रुपैयाँलाई ८२१ रुपैयाँ बनाइएको छ ।

साथै अनडिनेचर्ड इथायल अल्कोहलमा प्रतिलिटर ७० रुपैयाँमा १० रुपैयाँले बढाएर ८० रुपैयाँ कायम गरिएको छ । साथै, वाइनमा पनि प्रतिलिटर १९८ रुपैयाँबाट बढाएर २२८ रुपैयाँ बनाइएको छ ।

ह्विस्कीमा ४८.५ प्रतिशतसम्म अल्कोहल भएको मदिरामा प्रतिलिटरमा १ हजार ५९२ रुपैयाँबाट १ हजार ७५० रुपैयाँ बनाएको छ । साथै, ४२.८ प्रतिशत अल्कोहल भएको हकमा १ हजार १८८ रुपैयाँबाट बढाएर १ हजार ३०६ रुपैयाँ बनाइएको छ । ३९.९४ प्रतिशत अल्कोहल भएको मदिरामा १ हजार १०५ रुपैयाँबाट बढाएर १ हजार २१५ रुपैयाँ बनाएको छ ।

अन्य मदिराको हकमा १ हजार ५९२ रुपैयाँ भएकोमा १ हजार ७५० रुपैयाँ बनाइएको छ ।

ह्विस्कीको कच्चा पदार्थका रुपमा प्रयोग हुने स्प्रिटमा प्रतिलिटर १९८ रुपैयाँलाई बढाएर २२८ रुपैयाँ बनाइएको छ ।

३४.२३ प्रतिशत अल्कोहल भएको मदिरामा प्रतिलिटर ५५५ रुपैयाँ रहेकोमा अब ६१० रुपैयाँ बनाइएको छ । २८.५३ प्रतिशत अल्कोहल भएको मदिरामा ४५० रुपैयाँबाट ४७२ रुपैयाँ बनाइएको छ ।


क्लिकमान्डु