एक घण्टामै काठमाडौंदेखि चितवन पुग्ने द्रुतमार्ग बनाउने सरकारको घोषणा



निर्माण पछि यस्तो बन्ने छ ।

काठमाडौं । सरकारले काठमाडौंदेखि चितवनको सडकमार्गको दूरी एक घण्टामा सीमित गर्नका लागि द्रुतमार्ग निर्माण गर्ने भएको छ ।

आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यसका लागि पहिलो चरणमा निजी क्षेत्रको लगानीमा चन्द्रागिरि, चित्लाङ, पालुङ हुँदै चितवन पुग्ने पहिलो चरणमा निर्माण गरिने बताए ।

साथै दोस्रो चरणमा चितवन–रामपुर–बुटवल र चितवन–रामपुर–पोखरा द्रुतमार्ग निमार्ण गर्नका निजी क्षेत्रको लगानीमा निर्माण गर्न लगानी बोर्डमार्फत् प्रक्रिया अघि बढाइने उनले बताए ।

उनले मिर्चौया-लुक्ला-सगरमाथा द्रुतमार्ग समेत निजी क्षेत्रबाट निर्माण गरिने समेत बताए ।

साथै, मध्यपहाडी राजमार्गबाट जुम्ला, रारा, छाँयानाथ र लिमीसम्म नयाँ प्रविधिमा आधारित पर्यटन मार्गका लागि निजी क्षेत्रको लगानीमा निर्माण गरिने उनले बताए ।


क्लिकमान्डु