वैदेशिक लगानीको सीमा ३ करोड रुपैयाँले घट्यो



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले प्रत्यक्ष वैदेशिक लगानीको सीमा हेरफेर गर्ने घोषणा गरेका छन् ।

हाल विदेशी लगानी तथा प्रविधी हस्तान्तरण ऐन अनुसार नेपालमा विदेशी लगानीकर्ताले ५ करोड रुपैयाँ भन्दा कम लगानी गर्न पाउँदैन् ।

अर्थमन्त्री शर्माले बजेटमार्फत उक्त सीमालाई ३ करोड रुपैयाँले घटाएर २ करोड कायम गर्ने घोषणा गरेका हुन् । निजी क्षेत्रले विदेशी लगानीको सीमा घटाउन माग गर्दै आएको थियो ।


क्लिकमान्डु