
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नेपालमा भारतीय लगानी ल्याउनका लागि बिजनेस समिट आयोजना गर्न लागेको बताएका छन् ।
नेपाल–भारत चेम्बर अफ कमर्श एण्ड इन्डस्ट्रिज (निक्की)को साधारणसभामा गोल्छाले निकट भविष्यमै महासंघ र भारतीय उद्योग परिसंघसँग मिलेर बिजनेस समिट आयोजना गर्न लागिएको बताए ।
‘नेपालमा भारतीय लगानी ल्याउने उद्देश्यले भारतमा बिजनेस समिट गर्दैछौं,’ उनले भने, ‘छुट्टै मिति पनि तय हुनेछ ।’
नेपालमा भारतीय लगानी सुरक्षित रहेको सन्देश दिनका लागि पनि बिजनेस समिट आवश्यक भएको उनको भनाइ छ ।
प्रतिक्रिया