सर्बोच्च अदालतले भन्यो: गभर्नर अधिकारीलाई काम गर्न दिनु



काठमाडौं । सर्बोच्च अदातलले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई पदिय जिम्मेवारी पुरा गर्न दिन सरकारका नाममा अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ ।

सर्बोच्च अदालतले बैशाख १३ गते सम्म अधिकारीलाई काममा अवरोध नगर्न आदेश जारी गरेको हो ।

सर्वाेच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले गभर्नर निलम्बनको गर्ने विषय राष्ट्र बैंक, मौद्रीक नीति तथा समग्र अर्थतन्त्रको स्थायित्वसँग गाँसिएको विषय देखिंदा अन्तरिम आदेश जारी गर्नु परेको संक्षिप्त आदेशमा उल्लेख गरेको छ ।

अब गभर्नर अधिकारी बुधबार देखि राष्ट्र बैंकमा काम गर्न सक्नेछन् । अन्तरिम आदेश निरन्तर गर्ने वा नगर्ने विषयमा यही बैशाख १३ गते छलफल हुनेछ ।

त्यसपछि सर्बोच्च अदालतको संयुक्त इजालशले अल्पकालीन अन्तरिम आदेश निरन्तरता गर्ने निर्णय गरे गभर्नर अधिकारी पदमा बहाल हुनेछन् । यदि सर्बोच्चले बैशाख १३ गते अन्तरिम आदेश जारी नगरे गभर्नर अधिकारीलाई निलम्बन गर्ने सरकारको निर्णय कार्यान्वयन हुनेछ ।


क्लिकमान्डु