अदालतको आदेशले न्यायको अनुभूति भयो, अब राष्ट्र बैंक जान्छुः गभर्नर



काठमाडौं । सरकारको निलम्बनमा परेका राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी सर्बोच्च अदालतको अल्पकालीन अन्तरिम आदेश पाएसँगै काममा फर्किने भएका छन् ।

सर्बोच्च अदालतका न्यायधीश हरिप्रसाद फुइयालको एकल इजालशले मंगलबार सरकारका नाममा गभर्नर अधिकारीलाई निलम्बन गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्नू भन्ने अन्तरिम आदेश दिएको छ ।

सर्बोच्चको यस्तो आदेश आएसँगै भोलि (बुधबार) नै काममा फर्किने गभर्नर अधिकारीले बताए ।

‘अदालतको आदेशले न्यायको अनुभूति मिलेको छ, भोलि फस्ट आवरमै राष्ट्र बैंक गएर काम गर्छु,’ गभर्नर अधिकारीले क्लिकमाण्डूसँग भने ।

अर्थमन्त्री जनादर्श शर्माले राजनीतिक प्रतिशोध साँधेर गभर्नर हटाउने नियतका साथ छानविन कमिटि गठन गरेका थिए । सरकारले छानविन कमिटि गठन गरेसँगै गत चैत २४ गते गभर्नर अधिकारी स्वत निलम्बनमा परेका थिए ।

निलम्बनपछि ११ दिनदेखि उनी राष्ट्र बैंक गएका थिएनन् ।

राजनीतिक प्रतिशोध साँधेर सरकारले गभर्नर अधिकारीमाथि ज्यादती गरेको थियो ।

राष्ट्र बैंकको स्वायत्ततामाथि देउवा सरकारको नाङ्गो हस्तक्षेपलाई सर्बोच्च अदालते तत्कालका लागि रोकेको छ ।


क्लिकमान्डु