काम नगर्ने ६ निर्माण व्यवसायी र आपूर्तिकर्ता कालोसूचीमा



काठमाडौं । सरकारले समयमै काम नगर्ने ६ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले ६ वटा कम्पनीलाई १ वर्षदेखि ३ वर्षसम्म कालोसूचीमा राखिएको जनाएको छ ।

जसअनुसार मुख्य व्यक्ति चेन जिझिन रहेको टीबीईए इनर्जी इन्डिया प्रालि कन्सोर्टियम विथ पीपी इन्डष्ट्रिजलाई तीन वर्ष कालोसूचीमा राखिएको छ ।

साथै लक्षमान काजी श्रेष्ठ मुख्य व्यक्ति रहेको चिराग कन्स्ट्रक्सन गोखरा, सञ्जयकुमार साह मुख्य व्यक्ति रहेको कर्णाली विल्डर्स जनकपुरधाम, मोहमद मनिर शेख मुख्य व्यक्ति रहेको फैजल एण्ड अफजल कन्स्ट्रक्सन कम्पनीलाई एक/एक वर्ष कालोसूचीमा राखिएको छ ।

कार्यालयका अनुसार पवनप्रसाद न्यौपाने मुख्य व्यक्ति रहेको कुशलदेव निर्माण सेवा रसुवा र दावा सोनाम लामा मुख्य व्यक्ति रहेको तितुङ कन्स्ट्रक्सन प्रालि काठमाडौंलाई पनि एक/एक वर्ष कालोसूचीमा राखिएको छ ।


क्लिकमान्डु