वैशाख ३ गते दरबारमार्गमा एफएनसीसीआइ र एनसेलको सहकार्यमा महोत्सव हुँदै



काठमाडौं । नयाँ वर्षको अवसरमा काठमाडौंमा सडक महोत्सव हुने भएको छ ।

कोभिडका कारण थलिएको लघु, घरेलु, साना तथा मझौला उद्यम एवं पर्यटन उद्योग पुनरूत्थानका लागि सहकार्यः ‘स्थानिय उत्पादन तथा आन्तरिक पर्यटन प्रवद्र्धन’ भन्ने मूल नारा सहित काठमाडौंको दरबारमार्गमा १५औं दरवारमार्ग महोत्सव आयोजना हुन लागेको हो ।

नेपाल उद्योग वाणिज्य महासंघ, महासंघको सदस्य रेष्टुराँ एण्ड बार एशोसिएशन नेपाल (रेबान) र दरवारमार्ग विकास बोर्डले एनसेलसँग महासंघको विषेश सहकार्य अन्तर्गत महोत्सव आयोजना गर्न लागेको हो । महोत्सव वैशाख ३ शनिबार हुनेछ । महोत्सवको सह–प्रायोजकमा गोरखा व्रुअरी रहेको छ ।

आन्तरिक पर्यटनलाई प्रवद्र्धन गरि देशको पर्यटन विकासमा टेवा पु¥याउने र नेपाली उत्पादन, नेपाली परिकार र नेपाली संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो ।

महोत्सवलाई नेपाली नयाँ वर्षको अवसरमा वार्षिक कार्यक्रमका रुपमा हरेक वर्ष आयोजना गरिने
छ । यो महोत्सवमा सम्पूर्ण रुपमा नेपाली कला संस्कृति झल्कने प्रस्तुती गरिने छ ।

वैशाख ३ गते विहान १० बजे सातै प्रदेशको सँस्कृति झल्कने विभिन्न जातजातिका कला संस्कृतिहरुको प्रस्तुती गरिने छ ।

दरबारमार्गको दक्षिण क्षेत्रको महेन्द्र शालिकसम्म र उत्तरतर्पm नाराणहिटी संग्राहालयको गेटको ट्राफिक पोलसम्मको क्षेत्रमा महोत्सव सञ्चालन हुनेछ ।

महासंघका अध्यक्ष शेखर गोल्छाले आफ्नो सन्देशमा थलिएको पर्यटन उद्योगलाई यसले राहत दिने बताए । राजधानीमा हुने यो कार्यक्रमले देशैभर निकै ठूलो संदेश जाने आशा समेत उनको विश्वास छ ।

महोत्सवको लागि महासंघसंग भएको सहकार्यका बारेमा बोल्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले भने, ‘कोभिड महामारीको कारण विश्व पर्यटन क्षेत्रले ठूलो चुनौतीको सामना गरिरहेको छ र अर्थतन्त्रमा पर्यटन एक प्रमुख आधार रहेको हाम्रो नेपाल पनि यो समस्याबाट अछुतो छैन । आन्तरिक पर्यटन, लघु, घरेलु, साना तथा माझौला उद्यमलाई प्रवद्र्धन गर्दै पुनरूत्थानमा सहयोग पुर्याउन महोत्सवमा सहभागी भएका हौं ।’

महोत्सवको सोही दिन विहान साढे ११ बजे औपचारिक शुुभारम्भ गर्ने कार्यक्रम छ । बेलुका सवा ८ बजेसम्म मनोरञ्जनात्मक प्रस्तुतिहरु हुुनेछन् ।

महोत्सवमा दीपक बज्राचार्य, समृद्धि राई वीथ व्याण्ड, सुवानी मोक्तान, सन्दीप क्षेत्री, शास्त्रीय सांगीतिक समूह सुरसुधा लगायत अन्य समुहहरु जस्तै सृष्टी केसी एन्ड ब्लाईन्ड रक्स, रुशान एन्ड लज्जु, एभरेष्ट क्रु, महेश काफ्ले, कववेव र भेकले आ–आफ्ना प्रस्तुतिहरू दिनेछन् । साथै सातै प्रदेशबाट विभिन्न जात जातिको साँस्कृतिक नृत्यहरु दरवारमार्ग आसपासका सडकमा प्रस्तुति गरिने छ ।

कार्यक्रमको मुख्य आकर्षणको रुपमा महोत्सव अवधिभर विभिन्न नेपाली खानाको परिकारहरु र नेपाली उत्पादनहरुको स्टल प्राथमिकताका साथ राखी विशेष प्रस्तुति र प्रदर्शन समेत गरिने छ ।

महोत्सव स्थलमा ६० वटा स्टल रहनेछन् । महोत्सव क्षेत्रमा वालवालिकाका लागि छुट्टै जोनको व्यवस्था गरिएको छ ।

महोत्सवमा हुने स्टलमध्ये केही स्टलहरुमा अपांग भएका उद्यमीहरुले उत्पादन गरेका हस्ताकलाका वस्तुहरुलाई पनि प्रदर्शनीमा राखिनेछ ।

महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले कोभिड संकटबाट विस्तारै तङग्रने क्रममा रहेका उद्योग व्यवसायमाथि विद्युत कटौतीको समस्याले थप समस्या निम्ताएको बताए ।


क्लिकमान्डु