पुँजी पलायन उच्च विन्दूमा छ, देखेको कुरा भनेको हूँः अर्थमन्त्री



काठमाडौं । अर्थमन्त्री जनादर्न शर्माले नेपालबाट उच्च दरमा पूँजी पलायन भइरहेको बताएका छन् । डिजिटल माध्यम प्रयोग गर्दै नेपालबाट पूँजी पलायन भइरहेको बताए ।

पछिल्ला दिनहरुमा प्रहरी र राजस्व अनुसन्धान विभागले विभिन्न व्यक्तिलाई प्रकाउ गर्दै मुद्दा दायर गरेपछि नेपालबाट गैरकानूनीरुपमा डिजिटल करेन्सीमा लगानी बढ्दै भएको तथ्य खुलेको हो ।

विदेशी विनिमय ऐनले नेपाली नागरिकलाई नेपालमा आर्जन गरेको धनबाट विदेशमा लगानी गर्न रोक लगाएको छ । त्यसैले पछिल्लो समय हुण्डी प्रयोग गर्दै डिजिटल करेन्सी खरिद गर्ने र बिभिन्न नेटवर्किङ व्यवसायमा लगानी गर्ने क्रम बढेको छ ।

‘जे भइरहेको छ मैले त्यहीँ भनेको हो, समस्या लुकाएर भएन,’ अर्थ मन्त्रालय आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री शर्माले भने, ‘यस्तो कारोबारलाई नियन्त्रण गर्न ऐन कानून संसोधन गर्नु पर्ने भए पनि सरकार तयार छ । हामीले हाम्रो प्राविधक क्षमता पनि बढाउनु पर्ने देखिएको छ ।’

एमसीसी राष्ट्रिय सहमतिका आधारमा पारित गर्नु पर्ने मन्त्री शर्माले बताए ।

‘एमसीसीका विषयमा सम्माननिय प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सहमति निर्माण गर्ने प्रयास गरिरहनु भएको छ,’ अर्थमन्त्री शर्माले भने, ‘त्यसैले एससीसीमा राष्ट्रिय सहमति बनाउनु पर्छ भन्ने मेरो पनि बुझाइ हो । ’


क्लिकमान्डु