सम्पूर्ण अपडेट

संखुवासभामा बल्ल सुरु भयो मतगणना

126
Shares

काठमाडौं । लामो पर्खाइपछि संखुवासभामा शनिबार मतपेटिकाहरू खोलिएका छन् ।

दुर्गमका मतपेटिका ल्याउन समय लागेकाले निर्वाचनको तीन दिनपछि जिल्ला समन्वय समितिको सभाहलमा गणना सुरु भएको हो ।

कुल ६२ हजार ९ सय ३७ मत खसेको यस जिल्लामा १५ दल र एक स्वतन्त्र उम्मेदवारको भाग्यको फैसला हुँदैछ ।

सुरक्षाका लागि गणनास्थलमा तारजाली र सीसी क्यामेरा जडान गरिएको छ ।