सम्पूर्ण अपडेट

ताप्लेजुङमा एमालेका क्षितिज थेबेको अग्रता कायमै, अब १४ हजार मतगणना गर्न बाँकी

3.4k
Shares

काठमाडौं । ताप्लेजुङमा ३१ हजार ६ सय ४७ मत गणना भइसक्दा नेकपा एमालेका उम्मेदवार क्षितिज थेबेले १ हजार ६ सय ९० मतको अग्रता बनाएका छन् ।

थेबेले १० हजार २ सय ११ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका गजेन्द्रप्रसाद तुम्याहाङले ८ हजार ५ सय २९ मत पाएका छन् ।

यस्तै, नेकपाका खेलप्रसाद बुढाक्षेत्री ४ हजार ५ सय २५ मतका साथ तेस्रो स्थानमा छन् ।

श्रम संस्कृति पार्टीका सन्तोष राईले ३ हजार ६ सय ९६ र राष्ट्रिय स्वतन्त्र पार्टीका वीरेन्द्र श्रेष्ठले २ हजार १ सय ३१ मत पाएका छन् ।

अब फुङ्लिङ नगरपालिकाका सबै वडा र आसपासका क्षेत्रको गणना हुन बाँकी छ ।

जिल्लामा कुल ४६ हजार ४ सय ७४ मत खसेको थियो ।