प्रि-ओपनिङमा १.३६ अंकले बढ्यो नेप्से, २२ कम्पनीको कारोबार



काठमाडौं । मंगलबारको प्रि–ओपनिङमा नेप्से परिसूचक १.३६ अंकले बढेको छ । प्रि–ओपनिङमा २२ वटा कम्पनीको कारोबार भएको छ ।

जसमा १३ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ४ वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै, ५ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

आरएमडीसी, आरएसडीसी, प्राइम बैंक, मेरो माइक्रोफाइनान्स, युनाइटेड इन्स्योरेन्स, कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंक, मञ्जुश्री फाइनान्सलगायतका कम्पनीको सेयर मूल्य बढेको छ ।


क्लिकमान्डु