तिहारपछिको नेप्से सूचकमा दोहोरो अंकको गिरावट



काठमाडौं । तिहारपछि पहिलो दिनको कारोबारमा सेयर बजार दोहोरो अंकले घटेको छ । यो दिन नेप्से सूचकमा दोहोरो अंकको गिरावट आएको छ ।

सोमबारको कारोबारमा बजार दोहोरो अंकले घट्दा कारोबार रकम समेत घटेको छ । बजार मापन गर्ने सूचक १९.२० अंकले घटेर परिसूचक २८२९.६४ बिन्दुमा रोकिएको छ ।

२३० कम्पनीको ७२ लाख ७ हजार ३९६ कित्ता सेयर ४ अर्ब ४२ करोड ७ लाख १९ हजार १०३ रुपैयाँमा किनबेच भएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स २.७१ अंकले घटेर ५२८.३७ बिन्दुमा रोकिएको छ ।

कारोबारमा अधिकांश समूहको उपसूचकमा गिरावट देखिएको छ । बैंकिङ समूहको १९.९६, विकास बैंक ७०.०५, जलविद्युत १३.०२, निर्जीनब बीमा १३७.३७, माइक्रोफाइनान्स ५५.३५, जीवन बीमा समूहको उपसूचक १००.०४ अंकले घटेको छ ।

सोमबारको कारोबार रकमको आधारमा महालक्ष्मी विकास बैंक अग्रस्थानमा रहेको छ । बैंकको ५२ करोड १० लाख रुपैयाँ बढीको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा क्रमशः नबिल बैंक र आइसीएफसी फाइनान्स रहेको छ ।


क्लिकमान्डु