दशैं बिदा अगाडि २ दिन बजार खुल्ने, नेप्से परिसूचक बढ्ने अनुमान



काठमाडौं । सेयर बजार दशैं बिदा अगाडि २ दिन मात्र खुल्ने छ । आइतबार र सोमबार सेयर कारोबारको लागि बजार खुल्ने छ ।

मंगलबारदेखि ५ दिनको बिदा सुरु भएपछि सेयर कारोबार आइतबार खुल्ने छ । लगानीकर्ताहरुले दशैं अगाडि २ दिन सेयर बजारमा हरियाली हुने अनुमान गरेका छन् । अघिल्ला वर्षहरुमा पनि दशैं बिदा अगाडि सेयर बजार बढेर बन्द हुने गरेको थियो ।

दशैं सुरु भइसकेपछि गत बुधबार नेप्से परिसूचक ६८.४७ अंकले सेयर बजार बढेको थियो । अबको दुई दिन सेयर बेचेका लगानीकर्ताले दशैं पछाडि मात्र पैसा पाउने गर्छन् । सो हुँदा बजारमा बिक्रीकर्ता दशैं अगाडिको दुईदिन नहुने देखिन्छ । यसबाहेक सेयर बजार २६ सयबाट तल झरेर फर्केको हुँदा २ दिन भने बढ्ने अनुमान लगानीकर्ताको छ ।

खासै ठूलो कारोबार भने अबको २ दिन हुने अनुमान लगानीकर्ताको छैन । लगानीकर्ताहरु बैंकको ब्याजदरलाई नजिकबाट हेरिरहेका छन् ।

पछिल्लो समय बैंकहरुमा तरलता सकिएर ऋण दिने क्षमता कमजोर भएसँगै ब्याजदर बढ्ने अनुमान गरिएको छ । असोज महिनामा ब्याज नबढाएका बैंकहरुले कात्तिकदेखि ब्याज बढाउने तयारी गरेका छन् । जसले सेयर बजारलाई प्रभावित बनाउने गर्छ ।


क्लिकमान्डु