आइतबारको प्रि-ओपनिङ ३.९४ अंकले बढ्यो नेप्से, ९ कम्पनीको कारोबार



काठमाडौं । आइतबारको प्रि-ओपनिङमा नेप्से परिसूचक ३.९४ अंकले बढेको छ ।

प्रि-ओपनिङमा ९ वटा कम्पनीको सेयर कारोबार भएको छ । जसमा ४ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने एउटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै ४ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

प्रि-ओपनिङ साल्ट ट्रेडिङ कर्पोरेशन, नेपाल पुनर्बीमा कम्पनी, नेपाल फाइनान्स र ज्योति विकास बैंकको सेयर मूल्य बढेको छ भने डेप्रोक्स लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य घटेको छ ।


क्लिकमान्डु